१८ बैशाख २०८१, मंगलबार

आगामी तीन महिनाभित्र नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण हुनसक्ने

प्रकाशित मिति :  22 April, 2021 7:28 pm


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्ष भित्र नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखापर्ने अनुमान गरेको छ।

कोभिड–१९ को बेलायती संस्करणको संक्रमण दर उच्च भएको र नेपालमा अहिले बेलायती संस्करण देखापरेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको मन्त्रालयले जनाएको हो ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बजेट सम्बन्धी छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट जानकारी दिने क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो जनाएका हुन् ।

तीन लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसियु) आवश्यक पर्ने मन्त्रालयको अनुमान छ ।

एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको यो बेलायती संस्करण युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !