१८ बैशाख २०८१, मंगलबार

पतञ्जलिका बाबा रामदेव कोरोना संक्रमित हुन सक्ने ,पीठमा देखियो कोरोना

प्रकाशित मिति :  23 April, 2021 12:43 pm


काठमाडौ । भारतीय बाबा रामदेवको नेतृत्वमा चलेको पतञ्जलि योगपीठका क्रियाशीलहरूमा कोराना संक्रमण फेला परे पछि त्यहाँ खैलाबैला मचेको छ ।

आफ्नो आयुर्वेदिक औषधि कोरोनिलले कोराना निको हुने दाबी गरेका बाबा रामदेवकै नेतृत्वमा सञ्चालित संस्थानहरूमा क्रियाशीलहरूमा कोरोना संक्रमित देखिकाले त्यहाँ हलचल भएको हो ।

८३ जना कोरोना संक्रमित भए पनि तिनका पक्षधरले यो समाचार झूठो भनेर दाबी गर्न थालेको छ । पतञ्जलि योगपीठमा ४६ जना योग ग्राममा २८ जना र आचार्यकुलममा ९ जना संक्रमित फेला परेका हुन् ।

तिजारावाला ट्वीटर ह्यान्डलबाट पतञ्जलि योगपीठमा कोही पनि कोरोना संक्रमित नभएको दाबी गरिएको छ ।

ट्वीटमा पतञ्जलि बाहिर नै कोरोनाको परीक्षण हुने भएको र बाहिरबाटै संक्रमितलाई पठाउने गरिएको दाबी सहित यस्तो भनिएको हो ।

तर रामदेवका संस्थानहरूमा कोरोना संक्रमित फेला परेपछि त्यहाँ कन्टयाक्ट ट्रेसिङ गर्न स्वास्थ्य विभाग सक्रिय भएको छ ।

स्वास्थ्य विभागको टोलीका अनुसार आवश्यक परे योगगुरू रामदेवको कोरोना परीक्षण हुन सक्ने हिन्दुस्तान टाइम्सले आफ्नो एक समाचारमाा छापेको छ ।



प्रतिक्रिया दिनुहोस !