१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

प्रकाशित मिति :  23 April, 2021 1:19 pm


बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट सल्यानका एक र बाँकेका दुई गरी थप ३ जनाको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको बिहिबार राति मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुनको शुक्रबार बिहान मृत्यु भएको छ ।

बाँकेमा कोरोना संक्रमणका बिरामी दिनानु बढ्दै गएका छन् । बिहिबार मात्रै बाँकेमा ३८८ जना संक्रमति थपिएका थिए ।



प्रतिक्रिया दिनुहोस !