१८ बैशाख २०८१, मंगलबार

वीगन्जमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  23 April, 2021 12:59 pm


काठमाडौं । वीरगन्जमा शुक्रबार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ७८ जना व्यक्तिमा कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, सर्लाहीका २ जना र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमितहरुमध्ये २६ जना छन् । संक्रमित मध्ये १४ देखि ३४ उमेर समुहका रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !