२५ बैशाख २०८१, मंगलबार

देशभर थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

प्रकाशित मिति :  23 April, 2021 5:01 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५५९ जनामा कोरोना भाइरस(कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभर भएको ९६६४ नमुना परिक्षणमा थप २५५९ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ हजार ७९८ पीसीआर परीक्षणबाट २ हजार ४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ रहेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमित मध्य २० देखि २९ वर्षका ६४५ र ३० देखि ३९ उमेर समूहका ५९३ जना छन् ।

त्यस्तै ९ वर्षसम्मका ५४ जना र १० देखि १९ वर्षका १९९ जना संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !