४ जेष्ठ २०७८, मंगलवार

कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले दियो खानेकुराको सुझाव

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार १२:३१


काठमाडौं ।  कोभिड–१९ को वैश्विक महामारीले विश्वका गतिविधिहरू नै फेरि दिएको छ । घरदेखि कार्यालयसम्मका दैनिकहरूमा परिवर्तन आएको छ । कामकाज,सरसफाइदेखि, खानपानको तौर तरिका पनि फेरिर आएको हो ।

मानिसहरूको प्राथमिकतामा स्वास्थ्य, खानपान र स्वच्छतासम्बन्धी विषय एकाएक माथि आए । यस्ता विषय पहिले पनि प्राथमिकतामा थिए तर अहिले भने फरक खालले माथि आएको हो ।

कोरोनाभाइरस खानेपिउने पदार्थबाट फैलिने भएको थाहा पाएयता यी विषयलाई मानिसहरूको प्राथमिकतामा ल्याइदिएको हो ।
रोग लाग्ने भएपछि स्वच्छताको खोजी प्राथमिकतामा पर्ने भो ।

त्यसैले होला नि गाउँघर सम्म मास्क लगाउनुपर्ने कुरोको चर्चा हुन थालेको छ । गाउँघरसम्म मास्क लगाएका मानिस देख्न सकिन्छ । पहिले अस्पतालहरूको शल्य चिकित्सा कोठा वरिपरि बाहेक पनि मास्क देखिदैनथियो । कोरोनाबाट जोगिन अन्तर्राष्ट्रियरूपमा अपनाउन पर्ने र अपनाउन लगाइने दैनिक निर्देशिका अपनाउनु भनेको समयको महत्व बुझ्नु हो ।

सँधै स्वच्छ रहौं

खाना बनाउनुभन्दा पहिले र खाना बनाउने समयमा हात धुने

शौचालय गएपछि हात धुने

खाना बनाउने ठाउँ, चुल्हो र भाँडा राम्रोसँग धुने र हात शुद्ध पार्ने वा सेनिटाइज गर्ने

भान्छाघरलाई किरो, माकुरो र अरु जीवजन्तुको पहुँचबाट सुरक्षित राख्ने

किन यो महत्वपूर्ण छ ?

सुक्ष्मजीव बिरामी नफैलाए पनि यसमा माटो, पानी, जनावर र मानिसमा व्यापक रूपमा पाइने खतरनाक जीवाणु हुन्छन् ।
सुक्ष्म जीवाणु हाम्रो हात, सरसफाइ गर्ने कपडा भाँडा, कटिङ बोर्डमा हुन्छन् ।
खानेपिउने चिजमा यिनको सम्पर्क हुने बित्तिकै खानेपिउने वस्तु मानिसका लागि स्वच्छ हुँदैन त्यहाँ रोगको खतरा रहन्छ ।

काँचो खानेकुरालाई पकाइएको खानेकुराबाट टाढा राख्ने

पोल्ट्री उत्पादन, सामुद्रिक खानेकुरा काँचो सिफुडलाई खानेकुराबाट टाढा राख्ने

काँचो खानेकुरालाई छुट्टै भाँडा चक्कु र कटिङ बोर्डको प्रयोग गरी काट्ने बनाउने काम गर्ने

काँचो र पाकेको भोजनको बिचमा हुने सम्पर्क नहुने गरी छुट्टाछुटटै राख्ने

किन यो महत्वपूर्ण छ ?

काँचो खानेकुरामा खासगरी मासु, पोल्ट्री उत्पादन र सिफुडमा खतरनाक सूक्ष्म जीव हुन्छन् । तिनलाई सबै वस्तुहरूसँगै राख्नाले एकअर्काका सूक्ष्म जीवाणु सर्न सक्छ ।

खाना राम्रोसँग पकाउनेखासगरी मासु, पोल्ट्री उत्पादन र सिफुड राम्रोसँग पकाउनु पर्दछ ।

७० डिग्री सेल्सियससम्मको तापमानमा सुप उमाल्नु पर्छ । मासु र पोल्ट्री उत्पादन तयार गर्ने समय तापक्रम जाँच गर्ने ।

पकाएको खानेकुरालाई राम्रोसँग फेरि तताउने ।

खाना राम्रोसँग पकायो भने यसमा भएको सुक्ष्म जीव सबै नष्ट हुन्छ ।

अनुसन्धानबाट ७० डिग्री सेल्सियसको तापमानमा पकाइएको खाना खानलायक हुने थाहा पाइएको छ ।

कुखुरा र कीमा पकाउने समय यो ध्यान राख्न जरुरी हुन्छ ।

सुरक्षित तापमानमा भोजन सुरक्षित गर्ने

पकाएको खानेकुरालाई सामान्य तापक्रममा दुई घण्टाभन्दा धेरै समय नराख्ने ।

तयारी खानेकुरा वा चाँडै खराब हुने भोजनको ५ डिग्री सेल्सियसभन्दा कम तापमानमा फ्रिजमा राख्ने ।

खाना खानुभन्दा अगाडी ६० डिग्री सेल्सियसमा तताउने ।

फ्रिजमा धेरै समय खानेकुरा नराख्ने ।

‘फ्रोजन फुड’ अथवा जमेको खानेकुरालाई सामान्य तापक्रममा पग्लिन नछोड्ने ।

किन यो महत्वपूर्ण छ ?

पकाएको खानेकुरालाई कोठाको सामान्य तापक्रममा राख्नाले सुक्ष्मजीव चाँडै विकसित हुन्छ ।

५ डिग्रीभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा धेरै तापमानमा सूक्ष्मजीवको विकास रोकिन्छ कि सुस्त हुन्छ ।

तर केही जीव यस्तो ५ डिग्री भन्दा कम तापक्रममा पनि विकसित हुन्छ ।

सफा पानी र स्वच्छ खाद्य सामग्री

सफा पानी प्रयोग गर्ने अवस्था नभए पानीलाई सुरक्षित प्रयोगको लागि सफा गर्ने ।

ताजा र पौष्टिक खाना खाने ।

पास्चराइज्ड दुध जस्ता सुरक्षितरूपमा प्रशोधन गरिएको खानेकुराको छनौट गर्ने ।

विशेष गरी हामी काँचो खाइने फलफूल र तरकारीहरूलाई राम्ररी धुने,

प्रयोग मिति समाप्त भएको म्याद सकिएको खाना र पेय पदार्थहरूको प्रयोग नगर्ने ।

किन यो महत्वपूर्ण छ ?

पानी र बरफ जस्ता चीजहरूमा सुक्ष्म जीव वा केही हानिकारक तत्वहरू हुन सक्छन् । खराब र बासी खानामा विषाक्त रसायन उत्पन्न हुने खतरा विद्यमान छ ।

खाद्यान्न वस्तुहरू छनौट गर्दा सावधानी अपनाउनु आवश्यक पर्दछ ।

खाद्य वस्तुलाई छुने वा ताछ्ने काम गर्न अघि हात र वस्तु दुवै धुने सामान्य बानीले ठूलो जोखिम कम गर्न सकिन्छ ।-बीबीसी



प्रतिक्रिया दिनुहोस !