चितवनको देवघाट-ठिमुरा जोडने निर्माणाधिन पुल पुनः भत्किदा २ जना बेपत्ता
प्रकाशित मिति : 25 April, 2021 10:53 am
चितवन । चितवनको भरतपुर-१ देवघाट-ठिमुरा जोडने निर्माणधिन पुल पुनः भत्किदा २ जना बेपत्ता भएका छन् ।
निर्माणधिन पुल भत्किदा २ जना मजदूर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ३ जनाको उद्धार गरिएको छ ।
४ वर्ष अगाडि देवी कन्ट्रक्सनले निमार्णको जिम्मा लिएको उक्त पुलको केही समय पहिले पनि ४०–४० मिटरको दुईवटा स्ल्याट भाचिएको थियो ।
२०७८ असारमा पुलको सम्पूर्ण काम सक्ने गरि काम अगाडि बढि रहेको थियो ।








