२४ बैशाख २०८१, सोमबार

सुनचाँदीकाे मूल्य स्थिर

प्रकाशित मिति :  26 April, 2021 10:54 am


काठमाडाैं । नेपाली बजारमा साेमबार सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आईतबार प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि साेही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि हिजोकै मूल्य ९० हजार ८ सय रहेको छ ।

आज साेमबार चाँदीको मूल्यको पनि स्थिरनै रहेको छ । आज चाँदीकाे मूल्य तोलाको १३१० रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !