८ जेष्ठ २०८१, मंगलबार

भारतमा एकदिनमै ३ लाख ५२ हजार बढी कोरोना संक्रमित, २८ सय भन्दा बढीकाे मृत्यु

प्रकाशित मिति :  26 April, 2021 12:19 pm


फाेटाे : एवीपी न्युज

एजेन्सी । भारतमा सोमबार बिहानको तथ्याङक अनुसार पछिल्लो १ दिनमा ३ लाख ५२ हजार ९ सय ९१ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ ।

भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या ३ लाख माथि रहेको छ । संक्रमितको संख्यासँगै मृत्यदर पनि बढ्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार भारतमा २४ घण्टामा थप २ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

दिनानु कारोना संक्रमितको तीव्र गति बढेसँगै भारतको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको छ । संक्रमण अनियन्त्रण भएपछि भारतका अस्पतालमा अहिले अक्सिजनको हाहाकार मच्चिएको छ ।

अस्पतालका वेड भरिभराउ हुदाँ सडकमै संक्रमितको उपचार गर्नु पर्ने अवस्था रहेको छ । कतिपय अस्पताले वेडको अभाव भन्दै बिरामी भर्ना लिन मानेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !