८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  27 April, 2021 3:09 pm


काठमाडौं । गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

ती वृद्धमा वैशाख ८ गते नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !