२३ बैशाख २०८१, आइतबार

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  28 April, 2021 12:23 pm


काठमाडौं । विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु अस्पताल प्रशासनले जनाएको छ ।

मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै अस्पतालका अनुसार झापाका पुरुषको पनि उपचारको क्रममै विहान १बजेतिर मृत्यु भएको हो मधुमेहका बिरामी रहेका उनलाई १३ गते अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !