८ जेष्ठ २०८१, मंगलबार

भारतले छिमेकीलाई नदिए पछि दक्षिण एसियामा खोप लिएर प्रवेश गदै चीन

प्रकाशित मिति :  28 April, 2021 1:19 pm


काठमाडौ । भारतले छिमेकीलाई कोरोनाभाइरस खोप दिन रोक लगाएपछि दक्षिण एसियामा खोप लिएर चीन प्रवेश गर्न उत्सुकता जनाएको छ ।

भारत बाहेक दक्षिण एसियाली देशहरूसँगको भर्चुअल भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना नियन्त्रणसम्बन्धी विषयमा चीनले सहयोग गर्ने बताएका थिए ।

भारतलाई निम्तो गरिएको भएपनि उपस्थित नभएको सो भर्चुअल बैठकमा अफगानिस्तान, बंगलादेश, नेपाल पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीहरूसँग वाङले मंगलबार छलफल गरेका थिए ।

चीनले दक्षिण एसियाली देशहरूलाई सन्तुलितरूपमा खोप बहुपक्षीय कार्यढाँचा अन्तर्गत उपलब्ध गराउन चाहेको उनले बताए ।

भारतमा कोरोनाको नयाँ भेरियन्टले आतंक फैलाएपछि पछि भारतले कोरोनाको खोपको बाहिर निकासीमा रोक लगाएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोपका बारेमा धेरै बोलेका थिए । उनले खोपको कुटनीति गरेका थिए । तर कोरोनाले उनलाई निरीह बनाइ दिएको छ ।

भारत कोरोनासँग लड्न दक्षिण एसियामा कमजोर भएपछि चीनले खोप लिएर सहयोग गर्न उत्सुकता देखाएको हो ।

दक्षिण एसियाली देशमा चीनले पहिले पनि खोप दिएर सहयोग गरिसकेको हो ।

दक्षिण एसियाली देशहरूमा चीन नपसोस भन्ने चाहना भारतको रहेको हुन्छ । तर कोरोनामा चीन उपस्थित भएको हो ।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भारतले आपूर्ति गर्न नसकेपछि चीनलाई आपूर्ति गर्न आग्रह गरेको बताए ।

चीनलाई आग्रह गर्दै बंगलादेशका विदेशमन्त्रीले रुसको स्पुतनिक पाँचौ खोपलाई उपयोग गर्न अनुमति दिन औषधि नियामकलाई आग्रह गरेका छन्



प्रतिक्रिया दिनुहोस !