८ जेष्ठ २०८१, मंगलबार

इटहरीमा उपमहानगरका कर्मचारीमा कोरोना देखिएपछि पाँच दिन सेवा बन्द

प्रकाशित मिति :  28 April, 2021 3:44 pm


काठमाडौं । इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उक्त शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ ।

आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा वन्द गरिएको र वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमित हुने शाखा प्रमुख नविन भटटराइले बताए ।

त्यस्तै इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।
शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुको लागि इटहरी २ स्थित जंगलमा र जलाउने सँस्कार भएकाहरुका लागि इटहरी ११ स्थित बुढी खोला भागलपूर पुल उत्तरतर्फ स्थान तोकिएको छ ।

अन्त्येष्टिमा २५ जनासम्म मात्र सहभागी भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !