९ जेष्ठ २०८१, बुधबार

नारायणी अस्पतालमा थप ३ जना काेराेना संक्रमितको मृत्यु

प्रकाशित मिति :  30 April, 2021 12:18 pm


वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका २ जना महिला र बाराका  १ जना पुरुष गरी थप ३ जनाकाे मृत्यु भएको हो ।

अस्पतालका अनुसार वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ ।

वैशाख १२ गते स्वास्थयमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएकी उनको पीसीआर पोजेटिभ देखिएको थियो । उनमा कुनै पनि दीर्घ रोग नभएको चिकित्सकहरुले बताएका छन् ।

यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या पनि थियो । उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हाे ।

जीतपुर सिमरा बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । क्षयरोगको समस्या भएका उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !