१९ बैशाख २०८१, बुधबार

रुपन्देहीकाे सैनामैना क्षेत्रका बैंक तथा वित्तियसंस्था वैशाख ३० गतेसम्म बन्द रहने

प्रकाशित मिति :  2 May, 2021 1:28 pm


सैनामैना । रुपन्देहीकाे सैनामैना क्षेत्रभित्र पर्ने बैंक तथा वित्तियसंस्था वैशाख ३० गतेसम्मका लागि बन्द हुने भएकाे छ ।

सैनामैना नगरपालिकाले एक सुचना जारी गर्दै बैंक तथा वित्तियसंस्थाहरुमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाले २०७८ वैशाख १९ गतेदेखि २०७८ वैशाख ३० गतेसम्मका लागि सैनामैना नगरपालिका क्षेत्रका बैंक तथा वित्तियसंस्थाहरुकाे सेवा स्थगित गरिएकाे जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देही जिल्लालाई लुम्बिनी प्रदेशकाे अतिप्रभावित जिल्लामा राखेकाे थियाे । रुपन्देही जिल्ला अहिले काराेना संक्रमणकाे उच्च जाेखिममा रहेकाे छ । छिमेकी मुलुक भारतसँग सिमाना जाेडिएकाे रुपन्देहीमा केही दिनयतादेखि संक्रमितकाे संख्या ह्रातै बढ्दै गएकाे छ ।



प्रतिक्रिया दिनुहोस !