४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  2 May, 2021 1:49 pm


काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना र एक जना होम आइसोलेसनमा रहेका गरी थप आठ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरामा ७५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउँसो सवा १ बजे होम आइसोलेशनमा निधन भएको हो । उनलालाई बैशाख १६ गते कोरोन पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय संक्रमित महिलाको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहान साढे १० बजे निधन भएको हो । उनलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ की ७६ वर्षीय संक्रमित महिलाको हिजो साढे ३ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।

दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको अस्ति राति सवा १ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ । उनलाई बैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीय संक्रमित महिलाको हिजो सवा ४ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उनलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१० की कोरोना संक्रमित महिलाको हिजो बेलुका साढे ५ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ । उनलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको हिजो बेलुका साढे ७ बजे निधन भएको थियो । उनलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २३१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !