२४ बैशाख २०८१, सोमबार

कृषक समूह महासंघले कृषक तहमा कोरोना सचेतना कार्यक्रम गर्ने

प्रकाशित मिति :  2 May, 2021 3:56 pm


काठमाडौं ।

साना कृषकहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघले कृषकतहमा कोरोना भाइरस बारे जागरण अभियान संचालन गर्ने भएको छ ।

महासंघले आइतबार प्रेस विजप्ति जारी गर्दै आआफ्नो तह र तप्काबाट जनचेतनामुलक कार्यक्रम संचालन गरि कोरोना भाईरसबाट बच्ने उपाय जानकारी गराउनका साथ कोभिड सुरक्षा अभियान संचालन कार्यमा जुट्न मातहतका सदस्य तथा संस्थालाई अनुरोध गरेको हो

संक्रमणको जोखिम बढेर गएकाले उच्च सर्तकता, खानपान साथै स्वस्थ्य मापण्डको पालना गरि, पूर्व तयारीको आवश्यक व्यवस्थापनमा लाग्न महासंघमा आवद्ध कृषक समूह, कृषि सहकारी लगायत महासंघका वडा, पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय कार्य समितिलाई भनेको छ ।

महासंघले नियमित रुपमा संचालन गर्दै आएका स(साना कार्यक्रम बाहेक ठूलाठूला भेला, सभा, गोष्ठी, परिषद जस्ता गतिविधिहरु महामारीको न्यूनीकरण नभई सक्दा सम्मका लागि स्थगित गरि सहयोग कार्यमा जुट्ने निर्णय गरेको हो ।

महासंघले आ आफ्नो घरको सरसफाई र आफ्नी स्वास्थको सुरक्षामा ध्यान दिदा महामारीबाट जोगीन सक्ने धेरै सम्भावना भएको हुँदा डर त्रास भन्दा पनि सबै किसान एवं समुदायको आत्मवल बढाउने कार्यमा सहभागी हुन आव्हान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !