२२ बैशाख २०८१, शनिबार

एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण

प्रकाशित मिति :  3 May, 2021 1:43 pm


काठमाडौं ।

आवासीय नेपाली संघका अध्यक्ष तथा एनआरएनए कोभिड १९ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । आइतबार उनलाई कोरोना पुष्टी भएको एनआरएनए कोभिड १९ उच्चस्तरिय समितिका प्रेस संयाेजक चिरण शर्माले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ देखिएको हो । संक्रमण पछि अक्सिजन कमी र ज्वरो बढेको थियो ।

पन्त अहिले होम आईसोलेसनमा छन् । गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनाको कार्यान्वयनका लागि पन्त केही सातायता नेपालमा छन् ।



प्रतिक्रिया दिनुहोस !