१५ बैशाख २०८१, शनिबार

नेपाल बाहिर कोरोनाका कारण ३८३ नेपालीको मृत्यु

प्रकाशित मिति :  3 May, 2021 2:20 pm


काठमाडौं ।

कोरोनाको दोस्रो लहर बढिरहँदा नेपाल बाहिर बसोबास गर्दै आएका ३ सय ८२ जना नेपालीको मृत्यु भएको छ ।

गैर आवासिय नेपाली संघका अनुसार यो साता भारतमा मात्र थप १० सहित ११ नेपालीको मृत्यु भएको हाे।

सनिबारसम्म संकलन भएको तथ्यांक अनुसार विश्वभरका २१ मलुकमा कोरोना कारण भएको पुष्टी भएको एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोना मुक्त भएका छन् ।

हालसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थपकोरोना भाइरसको संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !