८ बैशाख २०८१, शनिबार

नेपाल सुपर लिगमा ललितपुर एफसीद्वारा बुटवल एफसी पराजित

प्रकाशित मिति :  6 May, 2021 6:25 pm


काठमाडौं । नेपाल सुपर लिग फुटबलमा ललितपुर एफसीले बुटबल एफसीलाई पराजित गरेको छ ।

आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरलाई जिताउन नुर्लान जाहिदले निर्णायक गोल गरेका थिए । जितसँगै ललितपुरले ५ खेलबाट ६ अंक जोडेको छ भने बुटवलले ५ खेलबाट ५ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस !