१४ बैशाख २०८१, शुक्रबार

मोरङका तीन फार्मेसीलाई वाणिज्य विभागले गर्याे कारवाही

प्रकाशित मिति :  10 May, 2021 1:16 pm


विराटनगर । वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय मोरङले तीनवटा फार्मेसीलाई कारवाही गरेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर दुई मा रहेका दुईवटा फार्मेसी र बुढीगंगा गाउँपालिकामा रहेको एक फार्मेसी कारवाहीमा परेका हुन् । विराटनगर दुई मा रहेका यश फार्मेसी र बिनु फार्मेसीले माक्स र स्यानिटाइजर बिलबिजक विना खरिद बिक्री गरेका पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(घ) को कसुरमा ऐन दफा ३९(क) बमोजिम क्रमश पाँच हजार र २० हजार जरिवानामा परेको विभागले जानकारी दिएको छ ।

त्यसैगरि बुढीगंगा गाउँपालिका वडा नम्बर दुई मा रहेका विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको रव क्लिन ब्राण्डको १२० एम एल को स्यानिटाइजरलाई रु ८० मा खरिद गरी १०६.२५ प्रतिशत नाफा राखेर रु १६५मा बिक्री गरेर अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै ऐनको दफा ३८(ङ) बमोजिमको कसुरमा ऐनको दफा ३९(ख) बमोजिम तत्काल रु २० हजार जरिवाना लिएको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !