१५ बैशाख २०८१, शनिबार

प्रकृतिलाई बिगार्ने होइन सिंगार्ने होः राष्ट्रपति

प्रकाशित मिति :  1 January, 2020 7:05 pm


sf7df8f}F, !^ k’;M /fi6«klt e08f/L– ;Daf]wg /fi6«klt ljBfb]jL e08f/L sf7df8f}Fsf] bz/y /ªuzfnfdf a’waf/ cfof]lht ljz]if ;df/f]xdf …g]kfn e|d0f jif{ ;g @)@)Ú sf] z’ef/De sfo{qmdnfO{ ;Daf]wg ub}{{ . t:jL/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, १६ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर भन्दा प्रकृतिलाई सिँगारेर पर्यटकलाई आकर्षित गर्न सकिने बताउनु भएकाे छ ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै भण्डारीले विश्व शान्ति र भातृत्वको सम्वन्ध विस्तार गर्न पर्यटक उद्योगमार्फत मुलुकको समृद्धि चाहने सरकारको उदेश्य पुरा हुने विश्वास व्यक्त गर्नु भयाे ।

उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको उद्धेश्यलाई पुरा गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्ने बताउनु भयाे ।

राष्ट्रपति भण्डारीले पर्यटकलाई नेपाली उत्पादनले सेवा गर्न सके नेपाली जनताको जीवनस्तर उकास्न समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।
उद्घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका विश्व प्रसिद्ध हिमाल धार्मिक, प्राकृति र सांस्कृतिक सम्पदाका कारण नेपाल संसारकै उत्कृष्ठ पर्यटकीय स्थल भएकाे बताउनु भयाे ।

उनले पाथिभरा, हलेंसी, खप्तड जस्ता धार्मिक स्थलहरु र १४ वटा अग्ला हिम शृङ्खला, काठमाडौं, लुम्बिनी, चितवन विश्वसम्पदा सूचीमा परेका स्थलहरुले विश्वका पर्यटकलाई आकर्षीत गर्न सकिने उहाँकाे भनाइ थियाे । मन्त्री भट्टराईले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थल निर्माण चाँडै पुरा हुने विश्वास ब्यक्त गर्नु भएकाे छ ।

भट्टराइले पर्यटन वर्ष २०२० लाइ पर्यटन दशककाे रूपमा मनाउन पहल गरिरहेकाे बताउनु भयाे । सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रपति भण्डारीलाई लाईट अफ प्ले अफ युनिटी प्रदान गर्नु भएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !