२३ बैशाख २०८१, आइतबार

रुन्टिगढी गाउँपालिकाले ल्यायो भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम

प्रकाशित मिति :  1 January, 2020 10:40 pm


होलेरी, रोल्पा, १६ पुस

रोल्पाको रुन्टिगढी गाउँपालिकाको केन्द्रमा पनि नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिएको छ। भ्रमण वर्षभर पर्यटन प्रवद्धनका लागि गरिने बिभिन्न ९ कार्यक्रमको घोषणासमेत गरिएको छ।

प्रसिद्ध स्वर्गद्वारी महाप्रभुको जन्म स्थल रुन्टिगढीको नामबाट गाउँपालिका को नाम राखिएको यो क्षेत्र कृषि, पर्यटन, प्राकृतिक सम्पदा लगाएतको सम्भावना बोकेको क्षेत्र हो।

होलेरी युद्ध पर्यटनको पनि केन्द्र मानिन्छ। जनयुद्धको सुरुवातमा होलेरीस्थित प्रहरी चौकी आक्रमण गरिएको थियो ।

गाउँपालिकाले घोषणा गरेका कार्यक्रम

१.हाेलेरी राष्ट्रिय मिडीया शान्ति सम्मेल २०७६
२.रुन्टीगढि हाेलेरी महायज्ञ २०७६
३. जडिबुटी, तरकारी, सांस्कृतिक तथा यर्यटन महाेत्सव २०७ ६
४.रुन्टिगढि एक्सपाेलर २०७६
५. माउन्टेन साईकीलिङ सम्भाब्यता अध्ययन २०७६
६.रक कलाईमिङ सम्भाब्यता अध्ययन २०७६
७. रुन्टी बृहत पूर्वाधार निर्माण
८. हाेलेरी एकीकृत पुर्वाधार निर्माण
९. शान्ति पदमार्ग सम्भाब्यता अध्ययन २०७६

फोटो: दिपक डिसीको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !