२० बैशाख २०८१, बिहिबार

रिचार्जरले ९९९ मा पल्स अक्सिमिटर नि :शुल्क डेलिभरी गर्ने

प्रकाशित मिति :  12 May, 2021 4:07 pm


काठमाडाैं । ई –कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।
ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गर्ने भएको हो ।

बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ ।

एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने कम्पनीले जनाएको छ ।

यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैंयामा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैंयामा, सर्जिकल मास्क ५ रुपैंयामा, के ९५ मास्क १५ रुपैंयामा, कोरियन मास्क ३५ रुपैंयामा पाइने छ ।

त्यस्तै फेस शिल्ड ५५ रुपैंयामा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । त्यसै गरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैंया, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रुपैंयाका साथै थर्मल गन ९९९ रुपैंयामा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ ।

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !