२० बैशाख २०८१, बिहिबार

रेम्डेसिभिर चाहिए आयन हेल्थकेयरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

प्रकाशित मिति :  12 May, 2021 4:04 pm


काठमाडौं। बङ्गलादेशबाट थप ३२ हजार डोज रेम्डेसिभिर नेपाल आइपुगे सँगै कोरोना संक्रमित बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक सुचना जारी गर्दै चिकित्सकले तोकेको आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न सकिने बताएका हुन् । प्रतिडोज चारहजार नौ सय रूपैयाँ मात्र तिर्न मन्त्रालयले सूचना मार्फत आग्रह गरेको छ ।

औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्पर्क गर्नुपर्ने विज्ञप्तीमा जनाइएको छ ।

कोभिड-१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

रेम्डेसिभिर औषधि खरिद गर्नका लागि डा. अबुल अन्सारी (९८००५५५९१०), सुवास (९८१०१९४४१६) डा. बिमल (९८४१५०६३७०) कमल (९८५११२४६३९, ९८५११२४६३९) यी नम्बरमा सम्पर्क​ गर्न सकिने मन्त्रालयले अनुरोध गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !