२० बैशाख २०८१, बिहिबार

रुपन्देहीमा निषेधाज्ञा जेठ १३ सम्म लम्बियाे

प्रकाशित मिति :  12 May, 2021 6:00 pm


जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लाले निषेधाज्ञाको अवधि २ साता थप गरेको हो ।

जिल्लामा अहिले पनि संक्रमण बढ्दो भएकाले आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताएका छन् ।

अत्यावश्क सेवा वाहेक जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।

यसअघि जिल्ला स्तरीय कोभिड(१९) स‌कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र जिल्ला सुरक्षा समितिको बैठकले जारी गरेको निषेधाज्ञा बैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !