२२ बैशाख २०८१, शनिबार

नेपालमा चरम स्वास्थ्य संकट : राष्ट्र संघ

प्रकाशित मिति :  15 May, 2021 5:13 pm


काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्र संघीय कार्यालयले नेपालका अस्पतालले यतिबेला अक्सिजन, बेड, अत्यावश्यक आपूर्ति र प्रशिक्षित मानव संसाधनको अभावको सामना गरेको र पूर्ण क्षमतामा पुगिसकेको कारण धेरै सहरहरूमा बिरामीहरूलाई फर्काउन थालिएको बताएको छ ।

“नेपालमा कोभिड १९ संक्रमण अकल्पनीय दरमा बढ्दैछ। परीक्षणको अनुपातमा कोभिड पोजेटिभ देखिएको अनुपात द्रूत गतिमा बढेर ४५ प्रतिशत नाघेको छ, यो विश्वकै उच्च दर हो,” राष्ट्र संघले भनेको छ, ” आधिकारिक रूपमा रेकर्ड गरिएको तथ्यांकका अनुसार आरटी-पीसीआर प्रयोगशाला परीक्षण दैनिक परीक्षणको लागि राष्ट्रिय क्षमताबराबर पुगेको छ, जबकी एन्टिजेन आरडीटी परीक्षणको लागि प्रयोग र पहुँच पर्याप्त मात्रामा पुग्न सकेको छैन ।”

राष्ट्र संघीय कार्यालयले जारी गरेको स्थितिपत्रमा नेपालका लागि तत्कालै अक्सिजन, महत्वपूर्ण हेरचाह औषधि र तिन आपूर्ति, परीक्षण किट, पीपीई र अस्थायी अस्पताल सहित खोपहरू र आवश्यक जीवन बचाउने वस्तुहरूको लागि आवश्यकता परेको उल्लेख छ ।

राष्ट्र संघका अनुसार नेपाललाई तत्कालै ६० हजार सिलिन्डर अक्सिजन, दुई हजार कन्ड्रेसेन्टरहरू, १० वटा ट्यांक, ७ प्लान, एक हजार हाइफ्लो नसल क्यानुला, टेस्टिङ किट (आरटी-पीसीआर र एन्टिजेन आरडीटी), सघन उपचार शैय्या, अस्थायी अस्पतालहरू र पीपीई सहित आवश्यक जीवन बचाउने वस्तुहरू अत्यावश्यक भइसकेको छ ।

यसैगरी, ६५ वर्षभन्दा माथिका लागि, दोस्रो डोजको १७ लाख भ्याक्सिनसहित सघन हेरचाह, टेली-मेडिसिन, होम आइसोलेसन, सूचना व्यवस्थापन, सार्वजनिक स्वास्थय निकायहरूका लागि सहयोग गर्न सक्ने जनशक्तिको समेत आवश्यकता रहेको राष्ट्र संघले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !