२२ बैशाख २०८१, शनिबार

चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज खोप आजदेखि

प्रकाशित मिति :  16 May, 2021 10:05 am


काठमाडाैं । कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज खोप आजदेखि लगाइने भएको छ।

आज बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप कार्यक्रम सुरु गर्न लागिएको हो।

भेरोसेलको पहिलो डोज लगाउँदा निश्चित अस्पताल तोकिएको भए पनि दोस्रो डोजका लागि महानगरका प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। खोप कार्यक्रम जेठ २ गतेदेखि जेठ ११ गतेसम्म सञ्चालन हुनेछ।

महानगरले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने जनाएको छ।

दोस्रो डोजको खोपका लागि व्यक्तिको परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएको स्थानमध्ये आफुलाई पाएक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ।

 



प्रतिक्रिया दिनुहोस !