२२ बैशाख २०८१, शनिबार

चीनले अनुदान दिएको स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी नाका आइपुग्यो, काठमाडाैं ल्याउने तयारी

प्रकाशित मिति :  16 May, 2021 11:28 am


काठमाडाैं । चीन सरकारले नेपाललाई सहयोग स्वरुप दिन्र भनेको स्वास्थ्य सामाग्री नेपालतर्फ पठाएको छ । चीनको उत्तरी व्यापारी नाका खासाहुदै स्वास्थ्य सामाग्री बोकेका गाडीहरु नेपालको तातोपानी प्रस्थान गरेका छन् ।

महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले जानकारी दिएका छन् ।

तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । तातोपानी भन्सार प्रमुख नारद गौतमले सामान आउनसाथ आवश्यक प्रक्रिया पुरा गरी फास्टट्रयाकमा सामान काठमाडौं पठाउने बताए।

चीन सरकारले कोरोना महामारीविरुद्ध लड्न सहयोग स्वरुप २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको थियो ।

जसमध्ये पहिलो खेपमा ४०० थान अक्सिजन सिलिण्डर नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट नेपाल ल्याइसकेको छ । दोस्रो खेप लिन गएराति फेरि जहाज बेइजिङतर्फ गइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !