१२ बैशाख २०८१, बुधबार

कोरोना नियन्त्रणका लागि अस्पताललाई ४ अर्ब ३१ करोड रकम

प्रकाशित मिति :  16 May, 2021 7:07 pm


काठमाडौं । कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि सरकारले मुलुकभरका अस्पतालका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० रकम उपलब्ध गराउने भएको छ ।

कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनका लागि खर्च गर्न अर्थ मन्त्रालयले सहमति दिएको हो ।

कोरोना नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको छ ।

साथै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !