१७ बैशाख २०८१, सोमबार

म दिक्क भइसकें, थप सरकार चलाउन मन छैनः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  21 May, 2021 2:05 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदमा बस्दा दिक्क लागेको बताएका छन् ।

ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै उनले यही परिस्थितिमा सरकार चलाउन मन नभएको बताएका हुन् ।

“मँ दिक्क भइसँके, सरकार चलाउन मन छैन,” उनले भने । विश्वासको मत नमिलेपछि आफूले सरकारमा बसिरहन नचाहेको तर विकल्प नभएकाले आफू नै प्रधानमन्त्री कायम रहने उनको भनाइ छ ।

ओलीको आफूलाई असफल बनाउनमा प्रमुख दोषी माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रहेको आरोप छ ।

मिलेर वैकल्पिक सरकार दिन दलहरुलाई उनले आग्रह गरे । ३० दिन भित्र विश्वासको मत लिने र लिन नसकेका संसद विघटनमा जाने उनको संकेत छ ।

“एक महिना भित्र विश्वासको मत लिन्छु । लिइएन भने विघटनको आरोप लगाउन पाइनेछैन,” उनले भने, “मँ त्यता जान चाहन्छ तर मेरो हातमा छैन ।”



प्रतिक्रिया दिनुहोस !