४ जेष्ठ २०८१, शुक्रबार

देशभर ८,६०७ जना कोरोना संक्रमित थपिदा ७,८९० निको

प्रकाशित मिति :  21 May, 2021 6:07 pm


काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार विभिन्न जिल्लामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी १७७ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !