७ बैशाख २०८१, शुक्रबार

भारतका ओलम्पिक पदक विजेता सुशील कुमार पक्राउ

प्रकाशित मिति :  23 May, 2021 11:25 am


काठमाडौं । भारतका ओलम्पिक पदक विजेता सुशील कुमार पक्राउ परेका छन् ।

उनलाई दिल्ली पुलिसको विशेष सेलले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई पटक ओलम्पिक पदक विजेता सुशील कुमारमाथि अर्का सागर राणाको हत्याको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो ।

उनलाई दिल्लीबाटै गिरफ्तार गरिएको भारतीय प्रहरीको भनाई छ । सुशील कुमार फरार थिए र उनलाई पक्राउगर्न सहयोग गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको समेत घोषणा गरिएको थियो ।

सुशील कुमारमाथि अर्का खेलाडी सागर राणा हत्या काण्डमा अपहरण,हत्या तथा अन्य आरोपमा एफाईआर दर्ता छ । ३८ वर्षीय सुनील कुमारका अर्का एक जनापनि पक्राउ परेका छन् ।

भारतमा सुशील कुमार निकै ठूला पहलवान मानिन्छन् । सागर राणा हत्या काण्डमा सुशील कुमारलाई अग्रिम जमानतको अपिल खारेज भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !