१५ चैत्र २०८०, बिहिबार

एकै समय गर्भवती बनेका नायिका प्रियंका कार्की र ऋचा शर्मा कसरी समय बिताउँदैछन् ?

प्रकाशित मिति :  31 May, 2021 11:18 am


काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की र ऋचा शर्मा एकैसमय गर्भवती बनेका छन् । गर्भवती बनेपछि दुबै जनाले आ आफ्नै शैलीमा खुशी व्यक्त गर्ने गरेका छन् ।

“ गर्भवती हुँदा जीवनमा फरक अनुभूति भएको र एउटा नयाँ जीवनलाई हुर्काउन पाउँदा सौभाग्य अनुभूति गरेको र आफूसँग खुशी व्यक्त गर्ने शब्दहरू नै कम भएको छ,” नायिका ऋचा शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।

नायिका ऋचा शर्माका दर्जनौ फिल्महरू नेपाली दर्शक माझ लोकप्रिय छन् । उनी पछिल्लो समयत कान्तिपुर टेलिभिजबाट प्रशारण हुने रियालिटी शो ‘कमेडी च्याम्पियन’ को निर्णायक पनि हुन् । कमेडी च्याम्पियनमाा उनले प्रयोग गर्ने थेगो ‘मज्जा आयो !’दर्शकहरू माझ लोकप्रिय छ ।

नायिका ऋचा शर्माले आफू गर्भवती भएपछि खुशी बाँड्दै आफ्नो दिवंगत आमाको सम्झनामा लामो फेसबुक स्टाटस लेखेकी छन् । उनले लेखेकी छन्,“ भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछेस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ । आज तपाईंहरु माझ यो खुशी बाँडन पाउँदा सम्पूर्ण महसुश भईरहेको छ । एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो ।”

उनले थप लेखेकी छन्,“त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं । यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला,“छोरी आज ठुली भई ।”

यसैगरी नायिका प्रियंका कार्कीले पनि आफू गर्भवती हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना तस्वीरहरू र आफ्नो दैनिकीको भिडियो आफ्ना प्रशंसकहरूका लागि भन्दै सामाजिक सञ्जाल र आफ्नो युट्यूव च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।

नायिका कार्की निकै उत्साहित हुदै आफ्ना खुशीहरू सबैको लागि बाँडेके बतााएकी छन् । उनले आफू र नायिका ऋचा शर्मा एकै पटक गर्ववती हुनु अचम्मको संयोग भएको पनि वताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !