२२ बैशाख २०८१, शनिबार

नेप्से ओरालो लाग्यो, ४५ अंकको गिरावटसँगै कारोबार रकम पनि घट्यो

प्रकाशित मिति :  31 May, 2021 3:31 pm


काठमाडौं । साताको पहिलो दिन सम्मकै नयाँ किर्तिमान कायम गरेको सेयरबजार आज भने भारी अंकले घटेको छ । नेप्से परिसूचक सोमबार ४५.२५ अंकले घटेर २७८.६८ अंकमा रोकिएको छ । भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ६.५८ अंकले घटेर ५००.४७ अंकमा रोकिएको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये १२ वटा उपसमुह राताम्ये बनेका छन् भने एउटा उपसमुहमा मात्रै हरियाली छाएको छ ।
आज सबैभन्दा धेरै निर्जिवन विमा समुह सबै भन्दा धेरै ३३०.८८ अंकले घटेको छ भने म्यूचुअल फण्ड मात्रै ०.०४ अंकले बढेको छ । समग्रमा सबै समुह मा गिरावट आएको छ ।

कारोबारको आधारमा आज राधी जलविद्युत सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ७३ हजार ६ सय ९४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज कूल २१८ कम्पनीको २ करोड ९४ लाख ४६ हजार ३४२ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ३३ करोड २७ लाख ६७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजेट सार्वजनिक भएको भोलिपल्ट आइतबार नेप्सेमा हाल सम्मकै सवार्धिक १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ को कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियो ।



प्रतिक्रिया दिनुहोस !