१२ बैशाख २०८१, बुधबार

नायिका निरुता सिंहले किन सम्झिइन् नायक स्व. श्रीकृष्ण श्रेष्ठ लगायतलाई ?

प्रकाशित मिति :  1 June, 2021 4:22 pm


काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी कुनै समयकी लोकप्रिय नायिका निरुता सिंह यितिवेला दर्शकहरूको स्मृतिमा धमिलो बन्दै गएकी छिन् । चलचित्रमा प्रेमिल सोझी नारीको चरित्रमा रुचाईएकी नायिका सिंह लामो समय देखि भारतमा बस्तदै आएकी छिन् ।

नायिका सिंहले नायक स्व. श्रीकृष्ण श्रेष्ठको सझनामा भावुक हुदै एकाएक सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् । श्रेष्ठलाई सम्झिदै आफू अभिनित चललिचत्र आफन्तको सुटिङ हुँदाताकाका पुराना तस्वीहरू पनि आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

उनल आफ्नो फेसबुक पेजमा तस्बिरहरू पोष्ट गदैै लेखेकी छिन्,“हिजो जस्तै लाग्छ चलचित्र ‘आफन्त’ को छायांकन गरेको । तर आज यो तस्वीर हेर्दा सारै दुःख लाग्छ । यो तस्बिरमा देखिएका निर्देशक, कलाकार अनि प्राविधिक दाजु भाइहरुमध्ये कति जना आज हामी बीच हुनुहुन्न ।”

उनले थप भनेकी छन्,“श्रीकृष्ण दाई, शिव रेग्मी दाई अनि अरु जति प्राविधिक दाजुभाईहरू सबैलाई हामी यो जीवन भरी माया अनि याद गरि रहनेछौं । तपाईहरूको कमी सधैं भरी खड्गी रहने छ ।”

नायिका निरुता सिंहले पछिल्लो समय चर्चित हाँस्य कलाकार हरिवशं आचार्यको जोडीका रुपमा अभिनय गरेको नेपाली चलचित्र दाल भात तरकारी दर्शकहरुले मन पराएका थिए ।



प्रतिक्रिया दिनुहोस !