४ जेष्ठ २०८१, शुक्रबार

अपि पावरको हकप्रद सेयर भोलीदेखि निष्काशन हुने

प्रकाशित मिति :  2 June, 2021 1:11 pm


काठमाडौं । अपि पावर कम्पनीले भोलीदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जेठ २० गते बिहीबार देखि ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले १ः२९ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
उक्त हकप्रद सेयरमा जेठ २० गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडले नियुक्त गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !