२३ बैशाख २०८१, आइतबार

किरियापुत्री बसेका दम्पतिको आगलागीमा परेर मृत्यु

प्रकाशित मिति :  4 June, 2021 3:05 pm


संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ ।

सात दिनअघि मृत्यु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि आफ्नै घरमा बसेका दम्पतीको गए राति भएको आगलागीमा परेर ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नम्बर ५ च्याङरिङका वडाध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिए ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको वडाध्यक्ष दाहालले जानकारी दिए ।।

 



प्रतिक्रिया दिनुहोस !