१३ पुस २०८२, आइतबार

जसपाको एउटा पक्ष सरकारमा सहभागि हुँदै, नेतृत्व महतोले गर्ने

प्रकाशित मिति :  4 June, 2021 6:04 pm


काठमाडौं । जनता समाजवादी पार्टीको एउटा पक्ष सरकारमा सहभागि हुँदैछ ।

जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुन लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज अबेरसम्म पद तथा गोपनीयताको सपथ ग्रहण हुन सक्ने बताए । उनले भने, “अझै छलफल चलिरहेको छ, मन्त्रालयलाई कसरी मिलाउने भन्नेबारेमा सायद अबेरसम्म सपथ ग्रहण हुन्छ होला ।”

उपप्रधानमन्त्री र कुनै एउटा मन्त्रालय लिएर महतोले सरकारको नेतृत्व गर्नेछन् ।

अहिलेसम्म शरत सिहं भण्डारी,अनिल झा,बिमल श्रीवास्तव,उमाशंकर अरगरिया,लक्ष्मणलाल कर्ण,भुमिसुधार,चन्दा चौधरी,एकबाल मियाँ,चन्द्रकान्त चौधरी र रेणुका गुरुङको नाम चर्चामा छ जसमध्य चन्द्रकान्त र रेणुका राज्यमन्त्रीको चर्चा छ ।

जसपाले पूर्वमाओवादीबाट आएका नेताले सम्हालेका मन्त्रालय पाउने छ । सर्वोच्चको आदेशपछि पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका नेता पदमुक्त भइसकेका छन् । अन्य विषयमा भने छलफल भइरहेको सल्लाहकार थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !