१५ बैशाख २०८१, शनिबार

महरा मुद्दाकाे अन्तिम सुनुवाइ शुरूः रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर झिकाउन आदेश

प्रकाशित मिति :  12 January, 2020 11:31 pm


काठमाडाैं, २७ पुस ।

पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्धकाे मुद्दाकाे अन्तिम सुनुवाइ सुरू भएकाे छ । अाइतबार भएकाे सुनुवाइपश्चात जिल्ला अदालत काठमाडाैंले राेशनी साहीकाे स्वास्थ्य परिक्षण गर्ने डाक्टर झिकाउन अादेश दिएकाे छ ।

संसद सचिवालयकी कर्मचारीशाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारिरीक हिंसा गरेको भन्दै महराविरूद्ध जिल्ला अदालतमा मुद्दा  दायर भएको थियो। मुद्दाको सुनुवाइ गर्दै आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनाविवरण कागज गरिदिने साक्षीहरू बुझ्न आदेश गरेको हाे ।

जिल्ला न्यायाधीश पाण्डेको इजलाशले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। धरौटीमा छुटाउन माग गर्दै महरा उच्च अदालत अदालत पाटन पुगेका थिए। उच्चले धरौटीमा छोड्नेभन्दा एक महिना छिटो किनारा गर्न आदेश गरेको थियो। जस अनुसार महराकाे मुद्दाकाे अन्तिम टुंगाे लगाउन अन्तिम सुनुवाइ सुरू गरिएकाे हाे ।

सुनवाइमा केही दिन लाग्ने बताइएकाे छ ।  सभामुखवाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा पर्नु भएका महराले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आउनु भएकाे छ । पीडित भनिएकी शाहीले यसअघि सार्वजनिक रूपमा र अदातलमा अाफू पीडित नभएकाे उल्टै महरालाइ फसाएकाे भन्दै वक्तव्य दिनु भएकाे थियाे । महरा हाल डिल्लीबजार काराकारमा रहनु भएकाे छ।

 



प्रतिक्रिया दिनुहोस !