१५ बैशाख २०८१, शनिबार

रोनाल्डोको कीर्तिमानी गोलसँगै साविक विजेता पोर्चुगलको विजयी सुरुआत

प्रकाशित मिति :  16 June, 2021 12:32 am


काठमाडौं । साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा सानदार विजयी सुरुवात गरेको छ ।

मंगलबार राती हंगेरीको बुडापेस्टमा भएको समूह ‘एफ’ को पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई उसको घरेलु मैदानमा ३-० को फराकिलो गोलअन्तरले परिजित पराजित गरेको हो।

पोर्चुगललाई जित दिलाउनका लागी कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरोले एक गोल गरे ।

खेलमा हंगेरीको रक्षापंक्ति मजबुत हुदा पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफको अन्तिम १० मिनेटमा हंगेरीको तालमेल बिग्रिदा तीन गोल व्यहोर्न पुग्यो।

खेलको ८४ औं मिनेटमा राफेल गुरेरोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । गुरेरोले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार बल हंगेरीका डिफेन्डर ओर्बानलाई ठोकिएर गोलमा परिणत भएको थियो ।

त्यस्तै, ८७ औं मिनेटमा विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगको ३-० को फराकिले जित सुनिश्चित गरे ।



प्रतिक्रिया दिनुहोस !