१८ बैशाख २०८१, मंगलबार

रहेनन् विश्वकै हाेचा नेपाली पुरूष खगेन्द्र

प्रकाशित मिति :  17 January, 2020 8:44 pm


कास्की, ३ माघ ।

विश्वकै होचा व्यक्तिकाे किर्तिमानी व्यक्ति खगेन्द्र थापामगरको निधन भएकाे छ ।  थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका थियाे । मुटु, निमोनिया र दमको रोग देखिएपछि सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थापालाइ शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएकाे थियाे । अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रलाइ होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त भएकाे थियाे ।
जन्मदा खगेन्द्र मात्र ६०० ग्रामका मात्र थिए, अहिले उनको वजन ५.५ किलोग्राम थियो । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा पनि देख्न सकिन्छ । खगेन्द्रको उचाइ ६७ दशमवल ०८ सेन्टिमिटर मात्र थियो ।
खगेन्द्रको रेकर्ड ५४ दशमवल ६ सेन्टिमिटर उचाइ भएका नेपालकै चन्द्रबहादुर डाँगीले तोडेका थिए । २०७२ भदौमा डाँगीको मृत्यु भएपछि अहिले विश्वकै होचा व्यक्तिको रकेर्ड फिलिपिन्सका जुनरे बालाविङको नाममा छ। उनी ५९ दशमवल ९३ सेन्टिमिटरका छन्। गिनिज वर्ड रेकर्डकाे अाधिकारिक टिकटक एकाउन्टमा विश्वकै हाेचा जिवित मान्छेकाे रूपमा छाेटाे भिडियाे बनाइ गत डिसेम्बर ३१ तारिकमा पाेष्ट गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !