६ जेष्ठ २०८१, आइतबार

बैठकमा सहभागी हुन जाँदा भिरबाट लडेकी वडा सदस्यको मृत्यु

प्रकाशित मिति :  23 June, 2021 2:57 pm


जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी नगरपालिका–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते वडासदस्य नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

 



प्रतिक्रिया दिनुहोस !