१९ मंसिर २०८२, शुक्रबार

पोर्चुगल युरो कपको अन्तिम १६ मा , रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा

प्रकाशित मिति :  24 June, 2021 6:58 am


काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पुरुषतर्फ सर्वाधिक गोल गर्ने अन्तराष्ट्रिय खेलाडीको सूचीमा पुगेका छन् ।

गएराति भएको १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्स विरुद्व २ गोल गर्दा उनको नाममा विश्व रेकर्डपनि कायम भएको हो । उनले पोचुगलका तर्फबाट १७६ खेलमा १०९ गोल गरेका छन् ।

यसअघि सबैभन्दा बढी गोलकर्ताको रुपमा इरानका खेलाडी अली डेईको थियो जसले १९९३ देखि २००६ कोबीच १४९ खेलमा १०९ गोल गरेका थिए ।

रोनाल्डोले डेईसँगको रेकर्ड बराबर गरेका छन् । गएराती भएको खेलमा पोर्चुगलले फ्रान्ससँग बराबरी खेलेपछि अन्तिम १६ मा पुगेको छ । पोर्चुगललाई अन्तिम १६ मा पुग्न बराबरी वा हारेपनि २ गोलको भित्रै सिमित गर्नुपर्ने आवश्यकता थियो । खेल बराबरी भएपछि पोर्चुगलपनि अन्तिम १६ मा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !