२१ बैशाख २०८१, शुक्रबार

माघ १७ र १८ गते ‘रेबान–बन्दीपुर फेष्ट २०२०’

प्रकाशित मिति :  18 January, 2020 10:08 pm


काठमाडाैं, ४ माघ । 

नेपाल भ्रमण वर्ष २०२० लाइ सहयाेग गर्न रेष्टुरेनट एण्ड बार एसोसिएसन नेपाल(रेबान)ले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। पर्यटकीय स्थल तनहुँकाे बन्दीपुरमा उक्र महोत्सव यही माघ १७ र १८ गते गर्न लागिएकाे हाे ।

बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले बताउनु भयाे ।

मेलाकाे मुख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकहरुमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी छन् । खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ। नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशाल भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुनेछ ।

यसअघि रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !