४ जेष्ठ २०८१, शुक्रबार

अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मिति

प्रकाशित मिति :  27 June, 2021 1:18 pm


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । उक्त हकप्रद सेयरमा लगानीकर्ताले आज आइतबार बैकिङ समयसम्म मात्रै आवेदन दिन सकिने क्यापिटलले बताएको छ ।

कम्पनीले जेठ २० गतेदेखि १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

उक्त हकप्रदमा कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियक्त गरेको हो ।

लगानीकर्ताले उक्त हकप्रद सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !