१९ मंसिर २०८२, शुक्रबार

इटली युरो कपको सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति :  3 July, 2021 8:03 am


काठमाडौं । इटली युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अपराजित बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले सेमिफाइनलमा पुगेको हो ।

इटलीलाई जिताउन निकोलो बरेल्ला र लोरेन्ज इनसिग्नेले एक एक गोल गरेका थिए । बेल्जियमा रोमेलु लुकाकुले एक गोल फर्काएका थिए ।
३१ औं मिनेटमा बरेलाले गोल गर्दै इटलीले अग्रता बनाएको थियो ।

४४ औं मिनेटमा इनसिग्नले बरेल्लाको सहयोगमा गोल गरेपछि इटलीको जित सुनिश्चित बन्यो ।

पहिलो हाफकै अतिरिक्त समयमा रोमेलु लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै खेललाई २–१ मा झारेपनि त्यो प्रयाप्त भएन ।

दोस्रो हाफमा दुवै समूहबाट थप गोल नभएपछि इटाली २–१ गोल अन्तरले विजयी हुँदै सेफिाइनलमा स्थान पक्का गर्न सफल भयो ।
फाइनल प्रवेशका लागि इटलीले अब स्पेनसँग प्रतिस्पर्धा गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !