युरो कप २०२० अन्तर्गत सेमिफाइनल समिकरण पूरा
प्रकाशित मिति : 4 July, 2021 7:42 am
काठमाडौं । युरो कप २०२० अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको छ ।
गएराति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई ४–० ले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।
सेमिफाइनलमा इटली र स्पेन तथा इंग्ल्याण्ड र डेनमार्कले स्थान पक्का गरेका हुन् । फाइनल प्रवेशका लागि मंगलबार इटाली र स्पनेबीच प्रतिस्पर्धा हुने छ ।
यसैगरी बुधबार इंग्ल्याण्ड र डेनमार्क आमने सामने हुने छन् ।








