१७ श्रावण २०७८, आईतवार

इतिहास रच्दै इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा

प्रकाशित मिति :  २४ असार २०७८, बिहीबार ०७:३५


काठमाडौं । इंग्ल्याण्डले इतिहास रच्दै पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई दुई एक गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । इंग्ल्याण्डको जितमा हेरी केनले निर्णायक गोल गरे ।

लण्डन स्थित वेम्ब्ली रंगशालामा इंग्ल्याण्डले डेनमार्कको सुरुवाती एक गोलको अग्रतालाई उल्ट्याउर्दै इतिहास बनाउन सफल भयो । डेनमार्कले खेलको ३० औं मिनेटमा अग्रता लिएको थियो ।

मिकेल डाम्सगार्डले उत्कृष्ट गोल गर्न गर्दै टिमलाई १ गोलको अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इंग्ल्याण्डले खेल बराबरी गर्न सफल भयो । साकाले गरेको प्रहारलाई क्लियर गर्ने क्रममा डेनमार्कका डिफेन्डर तथा कप्तान सिमोनले आत्मघाती गोल गरेका थिए । निर्धारित ९० मिनेट एक एक गोलमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको एक सय दुई मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो । उसका स्ट्राइकर रहिम स्ट्रलिङलाई डेनमार्कका महिलले फल गरेपनि पाएको पेनाल्टीलाई हेरी केनले गोलमा परिणत गरे । उनको पहिलो प्रहारलाई डेनमार्कका गोलकिपर कास्पेरले बचाएपनि रिबाउण्डमा केनले नै गोल गरे ।

यो गोल नै इंग्ल्याण्डलाई फाइनलमा पुराउन निर्णायक बन्यो । अब उसले उपाधिका लागि जुलाई ११ मा वेम्ब्लीमा नै इटलीसँग खेल्नेछ । इटलीले पहिलो सेमिफाइनलमा स्पेनलाई चार दुईले हराउँदै फाइनलमा पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !