सरोकार बिनाको निवेदन दर्ता नगर्न निर्वाचन आयोगलाई चेतावनी

काठमाडौ । नेकपा माओवादी केन्द्रले सरोकार बिनाको निवेदन दर्ता नगर्न चेतावनी दिएको छ ।
पूर्व माओवादीहरूले माओवादी केन्द्रको खारेजीको माग दाबीसहितको निवेदन आयोगले दर्ता गरेपछि प्रतिक्रिया जनाउँदै माओवादी केन्द्रले यस्तो चेतावनी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ “ केही अवसरवादी , स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गराउन पर्यत्न गरेको देखिन्छ । संविधान,कानुन, विधि, विधान, विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं । हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ । त्यस प्रकारका अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भएकोले आइन्दा त्यसो नगरियोस भन्ने आग्रह समेत गर्दछौं ।”